
हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक नबस्ने भएको छ । विहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर दिउँसो ३ बजेका लागि बोलाइएको थियो । दलहरूबीच संसद सुचारु गराउने बारे सभामुख सहितको बैठकमा सहमति नजुटेपछि सोमबारसम्मका लागि स्थगित गरिएको हो । बैठक स्थगितबारे सांसदहरूलाई एसएमएस गरिएको छ ।


सेयर गर्नुहोस्