चीनबाट आयो ८ लाख डोज भेरोसेल खोप

टुडे संवादाता
२५ असार २०७८, शुक्रबार ११:१४

काठमाण्डु/ सरकारले चीनसँग खरिद गरेको ८ लाख डोज भेरोसेल खोप काठमाण्डु आइपुगेको छ ।

आज बिहान नेपाल वायुसेवा निगमको विमानले उक्त खोप ल्याएको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। झलक शर्मा गौतमले जानकारी दिए । डा। गौतमका अनुसार पोखरा, हेटौडा र बुटवलामा आज नै खोप पुर्याइने छ । अहिले आएको खोप कसलाई दिने भन्ने निर्णय भएको छैन ।

विज्ञहरुले भने ५५ वर्षमाथिका सबै नागरिकलाई खोप दिन सुझाव दिएका छन् । अब प्रत्येक साता चरणबद्ध रुपमा नेपालमा चीनबाट खोप ल्याइने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जानकारी दिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*