सर्वोच्च अदालतमा गोरु ब्यायो : कमल थापा

टुडे संवादाता
२८ असार २०७८, सोमबार १४:३२

हेटौंडा/राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधि सभा विघटन सम्बन्धी सर्वोच्च अदालतको फैसलाबारे व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

थापाले आफ्नो ट्विटरमा,“बरिष्ठ राजनितिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिएँ– सर्वोच्च अदालतमा आज गोरू ब्यायो’ “राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा ।’ भनेर लेखेका छन् ।

सर्वोच्चले सोमबार प्रतिनिधि सभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिए लगत्तै थापाले अदालतको फैसला कार्यान्वयन गर्न गाह्रो हुने दाबी गरेका हुन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*