
काठमाडौं । सर्वोच्च अदालतले दोस्रो पटक पनि प्रतिनिधिसभा पुनस्थापना गरेपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीका समर्थकहरु असन्तुष्ट बनेका छन् ।
सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गर्ने र कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी परमादेश दिएपछि ओली पक्षका कायर्कताले फैसला नमान्ने भन्दै सडक प्रदर्शन गरेका हुन् ।
अदालतको आदेश लगत्तै माइतिघर मण्डलामा उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । ‘सबै फैसला मानिंदैन । खबरदार’ भन्ने ब्यानर उनीहरुले देखाएका छन् ।
ओली निकटका युवा नेता महेश बस्नेतले फैसलालगत्तै माइतीघर मण्डलामा जम्मा भएर अदालतको असंवैधानिक फैसलाको विरोध जनाउन आह्वान गरेका छन् ।
उनको सामाजिक संजालमा लेखेलगत्तै एमालेका नेता कार्यकर्ता अदालतको आदेश नमान्ने भन्दै सडकमा निस्किएका हुन् ।
अदालतको आदेशले देश अब राजनीतिक द्वन्द्वमा जाने बस्नेतले बताएका छन् ।
