प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिने

टुडे संवादाता
३ श्रावण २०७८, आईतवार ११:३२

काठमाडौं /प्रधानमन्त्री शेरबहादुर देउवाले आज बस्ने संसदमा विश्वासको मत लिने भएका छन् । जसका लागि विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । सर्वोच्च अदालतले २८ असारमा पुनर्स्थापना गरेको प्रतिनिधिसभाको बैठक आज बस्ने कार्यातालिका छ ।

सर्वोच्चकै परमादेशअनुसार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। विश्वासको मत लिने प्रस्ताव कानूनमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीद्वारा सभामुखमार्फत संसद सचिवालयमा दर्ता भइसकेको छ ।

संसदमा सत्तारुढ कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपाको उपेन्द्र यादव पक्षमा १७ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । देउवाले यो सबै मत प्राप्त गरेपनि २७१ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि आवश्यक १३६ मध्ये देउवालाई ८ मत अपुग हुन्छ ।

यता एमालेको माधवकुमार नेपाल समूहले मत दिने सम्भावना छ । संविधानको धारा ७६(५) अनुसार देउवाले प्रधानमन्त्री दाबी गर्दा पनि नेपाल समूहका २६ सांसदले देउवालाई समर्थन गरेका थिए ।

यस्तै जसपाको उपेन्द्र यादव पक्षका १२ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । अहिले यो संख्या बढेर १७ पुगेको यादव पक्षको दाबी छ । त्यसो हुँदा प्रस्तावको पक्षमा १२७ सांसद हुन्छन् । राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल गठबन्धनमै छन् । त्यो अवस्थामा एमालेको माधव नेपाल पक्षका ८ जना सांसदले विश्वासको मत दिए देउवालाई विश्वासको मत प्राप्त हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*