पाकिस्तानी प्रधानमन्त्री खानले दिए प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई

टुडे संवादाता
४ श्रावण २०७८, सोमबार १२:१२

हेटौँडा/पाकिस्तानी प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

सोमबार ट्वीटरमार्फत खानले प्रतिनिधिसभाबाट विश्वासको मत जितेकामा देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । उनले देउवाको कार्यकालमा नेपालसँगको सम्बन्ध अझ प्रगाढ बनाउन चाहेको भन्दै साझा चासोका विषयमा मिलेर काम गर्न चाहेको बताएका छन् ।

यसअघि आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देउवालाई बधाई तथा शुभकामना दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*