
हेटौडा । सोमबार मकवानपुरगढीमा थप ५ जनामा कोभिड संक्रमण देखिएको छ । यो सँगै मकवानपुरगढीमा कोरोना भाईरसबाट अहिले सम्म कुल २८९ जनामा संक्रमण देखा परिसकेको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले जानकारी दिनुभयो । आज सोमबार सम्ममा २५० जना १४ दिन पुरागरी संक्रमण मुक्त भएका छन् भने आजको दिनसम्ममा ३९ जना सक्रिय संक्रमित रहेकोमा संक्रमित मध्ये ३३ जना होमआईशोलेसन ,५ मक्रन्चुलिमा रहेको कोभिड अस्थाई अस्पताल र १ जना हेटौडाअस्पतालमा उपचाररत रहेको लामिछानेले बताउनुभयो ।


सेयर गर्नुहोस्