
काठमाडौँ /प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नको लागि खुमलटार पुगेका छन् । प्रचण्डलाई भेट्नको लागि देउवा करिब ५ बजे खुमलटार पुगेका हुन् ।
संसदमा विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तारको तीव्र तयारी थालेका थालेका देउवाले राजनीतिक भेटघाटलाई तीव्रता दिएका हुन् । प्रचण्डले सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको प्रस्ताव राख्दै आएका छन् ।देउवाले भने सत्ता साझेदारीका लागि सबै दललाई समेटेर जान माओवादीबाट समन्वयकारी भूमिकाको खोजी गरेको देउवाका सहयोगी नेताहरूले बताएका छन् ।
देउवा र प्रचण्डबीच मंगलबार बिहान पनि बालुवाटारमा भेट भएको थियो । सो भेटमा ओली सरकारले गरेका संवैधानिक नियुक्तीहरु खारेज गर्ने सहमती भएको थियो । साथै उनीहरुबीच मन्त्रिमण्डल विस्तारको बारेमा पनि सहमती भएको बताइएको छ ।


