कक्षा १२ को परीक्षाको समय तालिका सार्वजनिक

टुडे संवादाता
६ श्रावण २०७८, बुधबार ११:५४

हेटौँडा/राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यही साउन ३१ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

गत जेठ २६ देखि नै सञ्चालन हुने तय भएको परीक्षा कोरोनाभाइरस महामारीका कारण रोकिएकोमा बोर्डले नयाँ मिति तय गरेर परीक्षा तालिका सार्वजनिक गरेको हो । जसअनुसार साउन ३१ देखि सुरु हुने परीक्षा भदौ ९ गतेसम्म चल्नेछ । परीक्षा सम्बन्धित विद्यालयमै भौतिक दुरी कायम गरेर सञ्चालन हुनेछ ।

हेर्नुहोस तालिका

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*