हेटौंडा/नेपाली कांग्रेस मकवानपुरले हेटौंडा उपमहानगरपालिका १५ को दुई टोलका ४० घरपरिवारलाई शुक्रबार खाद्यान्न वितरण गरेको छ । कांग्रेस हेटौंडा उपमहानगरपालिका १५ का कार्यबहाक सभापति नवराज घलानको सभाध्यक्षता एवं हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीको प्रमूख आतिथ्यतामा हेटौंडा १५ को फायरलाईन र कमेरोपानी टोलका ४० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको हो ।
कोरोना महामारीका कारण रोजीरोटीमा समस्या परेका हेटौंडा १५ को फायरलाईन र कमेरोपानी टोलका एकल महिला तथा गरिव विपन्न ४० घर परिवारलाई नेपाली कांग्रेस कोभिड १९ अनुगमन समिति मकवानपुरका संयोजक उत्सव ईटेनीको विशेष सहयोगमा प्रतिपरिवार चामल एक बोरा, नुन, तेल, दाललगायतका खाद्यसामग्री वितरण गरिएको हो ।
खाद्यान्न वितरण कार्यक्रममा कांग्रेस नगर सदस्य गणेश भ्लोन, लालबहादुर घलान, देवि मिश्र, मिनबहादुर घलान, रामविर राजथलालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।






















