
हेटौंडा/ थाहा नगरका नागरिकमा नेकपा माओबादी केन्द्र प्रतिको आकर्षण बढेको छ । यसै क्रममा आज शनिबार नेकपा एमाले, नेपाली काङ्ग्रेस, राप्रपा पार्टी परित्याग गरी एक सय भन्दा बढि माओबादी केन्द्रमा प्रवेश गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र थाहा ७ को आयोजनामा डाडाबासमा शनिबार भएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रबेश कार्यक्रममा औपचारिक रुपमा १०० जना भन्दा बढि ब्यक्तिहरु प्रवेश गरेका हुन् ।
प्रवेश गर्नेहरुमा एमाले परित्याग गरि कैलास ५ का वडा सचिब राज रुम्बा (शेरबहादुर) गोबिन्द नेपाली, रामकृष्ण ढुङाना लगयत रहेकाछन । त्यस्तै नेपाली काङ्रेस परित्याग गरि थाहा ७ का चिनबहादुर थिङ, सानोकान्छ गोले, सिंह राज गोले लगायत रहेका छन् ।
थाहा ७ बाट एमाले परित्याग गरी शंकर भोम्जन, नेपाली काङ्ग्रेस परित्याग गरि कर्णबहादुर गोले लगायत नेकपा माओबादी केन्द्रमा प्रबेश गरेका छन् । साथै राप्रप्रा परित्याग गरि पुर्व वडा सदस्य प्रचण्ड गोले पनि माओबादी केन्द्रमा प्रवेश गरेका छन् ।
पार्टी प्रबेश गर्नेहरुलाई माओवादी केन्द्र केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले टीका लगाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा माओवादी केन्द्रका बागमति प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट ‘आदर्श’, सदस्य ओम घलान, बिरबहादुर घलान ‘ज्वाला’, मकवानपुर जिल्ला सचिवालय सदस्य लबशेर बिष्ट, बालकुमार मल्ल, जिल्ला सदस्य तथा थाहा नगर इन्चार्ज लक्ष्मण बिष्ट, जिल्ला सदस्य तथा इन्द्रसरोबर इन्चार्ज बिनायक गोले, जिल्ला सदस्य बिनोदकुमार लामा, जयराम रायमाझी, थाहा नगर अध्यक्ष अरुण रायमाझी, वाइसीएल बागमती प्रदेश सदस्य दिपेन्द्र कुमार थिङ, जिल्ला सदस्य तथा शिक्षा, बिज्ञान तथा प्रबिधि संयोजक नवराज थिङ, थाहानगर अध्यक्ष मानसिं दोङ लगायतको आथित्यता रहेको थियो ।
माओबादी केन्द्र थाहा ७ का अध्यक्ष रामबहादुर स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा वाइसीएल मकवानपुर सदस्य एवम् शिक्षा, बिज्ञान तथा प्रविधि संयोजक नवराज थिङ्ले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

