हेटौँडा/ प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद बैठक बोलाएका छन्। उक्त बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्न लागेको हो ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए । प्रधानमन्त्री बनेको दुई सातापछि देउवाले राज्यमन्त्री थप्दै मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले एमाले माधवकुमार नेपाल पक्षलाई सरकारमा समेट्ने तयारी गरेपनि नेपाल पक्ष ठोस निष्कर्षमा पुग्न नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ ।
पाँचदलीय गठबन्धनभित्र मन्त्रीको बाँडफाँट र पार्टीका विवाद नमिलेको हुनाले मन्त्रिपरिषद विस्तार गर्न ढिलाइ भएको हो।
सेयर गर्नुहोस्

















