
हेटौँडा/ बागमती प्रदेशमा ५२ करोड लागतमा ३० वटा बिधुतीय वस खरिद गर्ने ठेक्का रद्ध भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको प्रदेश यातायात सञ्चालन तथा व्यावस्थापन बोर्डले बस र चार्जर खरिदका लागि आव्हान गरेको पहिलो ठेक्का रद्ध भएको हो ।
प्रदेश सरकारले ३० वटा बिधुतीय बस र १५ वटा चार्जर खरिदका लागि २०७७ साल चैत १८ गते अन्तराष्ट्रिय बोलपत्र आव्हान गरेको थियो । कोरोनासंक्रमणका कारण ठेक्का अवधि बढाउँदै लगेर साउन ४ गते ठेक्का खोलीएको थियो । बस खरिदका लागि प्रदेश सरकारले गरेको लागत अनुमान भन्दा धेरै रकम कबोल गरेर ठेक्का हालेकाले रद्ध गर्नु परेको प्रदेश यातायात सञ्चालन तथा व्यावस्थापन बोर्डका उपनिर्देशक श्याम सुन्दर सापकोटाले जानकारी बताए ।
बिधुतीय बस खरिदका लागि दुइवटा चिनिया कम्पनिले मात्र ठेक्का हालेका थिए । तर दुवै कम्पनिले सरकारले तोकेको लागत अनुमान भन्दा घटाघटमा ठेक्का हाल्नुको सट्टा बढाएर हालेकाले ठेक्का रद्ध गर्नु बाहेकको कुनै विकल्प नभएको उनले वताए ।
प्रदेश सरकारले पूर्वाधार र तयारी विनानै बिधुतिय बस खरिद गर्न लागेको भन्दै प्रतिपक्षी दलहरुले प्रदेशसभा अवरुद्ध गर्दै आएका थिए ।

