हेटौंडा ८ का पौडेल मन्दिरको सरसफाइ गरी फूल रोप्नमा ब्यस्त

टुडे संवादाता
२०७८ श्रावण ११, सोमबार १४:०३ गते

हेटौँडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ का नवराज पौडेल अहिले मन्दिरको सरसफाइ गरी फूल रोप्न ब्यस्त छन् । साउनको महिना श्रद्धालु भक्तजनहरुको मन्दिरमा भिड लाग्ने गर्दछ । ‘मन्दिरको गेटदेखि भित्रसम्म साह्रै फोहर हुन्छ,’ उनले भने–जथाभावी फालिएका ढुंगा, ईट्टालाई एकत्रित गर्नुका साथै मन्दिरवरपर पलाएको दुबो र घाँस काटेर फूल रोप्ने गरेको छु’।

हेटौंडा–८ को मनकामना क्षेत्र विकास समितिमा कार्यरत् उनले हेटौंडा–८ मै रहेको प्रहरी बिट, हेटौंडा–१० मा रहेको हनुमान मन्दिर, चुरे मन्दिर, औद्योगिक क्षेत्रपरिसरमा रहेको मन्दिरमा सफा गर्नुका साथै फूलका विरुवा रोपेका हुन् । उनले मन्दिरमा फूलका बिरुवा लगाउने, पानी हाल्ने र मन्दिरमा भएका समस्याहरु हल गर्न सरसल्लाह दिने गरेका छन् । मठमन्दिर जाँदा फोहोर देखिने र पुजारी नहुँदा आफूलाई देवीदेवताको बास गर्ने ठाउँ सफा राख्नुपर्छ भन्ने लागेपछि आफू सरसफाइमा लागेको पौडेल बताउँछन् ।

उनले व्यक्तिगत् खर्चमा हेटौँडामा रहेको धेरैजसो मन्दिरमा कुचो वितरण गरेका छन् । मठमन्दिरका स्थापनापछि सबैले मठमन्दिरलाई सफा राख्न र पुजारी नभएका मन्दिरमा पुजारी राख्न उनले आग्रह गरेका छन् ।

मठमन्दिरमा सहयोग गर्ने सहयोगीले कसैले साथ-सहयोग गरे आफूले अझ धेरै मेहनत गरेर हेटौंडामा भएका मठमन्दिर सरसफाइ गरी फूलका बिरुवा रोपेर व्यबस्थित गरी बन्द भएका मन्दिर खुला गरी पूजापाठ गर्ने वातावरण बनाउने उनले बताए । केही महिना अगाडिसम्म हाँसकुखुरा चर्ने मन्दिरहरु संरक्षणका लागि उनको मेहनत छ । स्थानीयले पालेका हाँसकुखुराका कारण मन्दिरपरिसरमा निकै दुर्गन्ध फैलिँदा स्थानीय पनि नियमित मन्दिरसम्म जाने आँट नगर्ने स्थानमा उनको पसिनाले सुन्दर रुप दिइरहेको देखिन्छ ।

हिलाम्मे दलदल र फोहर बनेपछि स्थानीयमाथि डिलमै बसेर मन्दिरलाई नियाल्थे । कतिपयले डिलबाटै फोहर फाल्थे । दैनिक फोहर फाल्दा डम्पिङसाइटका रुपमा परिणत बन्दै गएका थिए मन्दिर परिसर ।

वर्षौंदेखि फोहर बन्दै आएका मन्दिरपरिसर उनकै मेहनतका कारण हाल आकर्षक पर्यटकीय गन्यव्यका रुपमा परिणत भएको उनले दावी गरेका छन् । उनले मन्दिर पनि पुरातात्विक तथा ऐतिहासिक सम्पदा भएको ले यसको सरसफाइ र संरक्षण आवश्यक भएकोले आफुले नै सुरुवात गरेको बताए ।

मन्दिरपरिसरहरुको दुर्दशा देखेपछि शुरु भएका अभियानले सार्थकता पाउनेमा उनी विश्वस्त छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*