हेटौँडा/ जहाँनिया राणाकालीन समयमा राणा चन्द्रशमशेरको पालामा निर्माण भएको चुरियामाई सुरुङ्ग मार्गको पुनःनिमार्णको ठेक्का माउण्टेन ईन्फ्रा कम्पनीले पाएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालय बाग्मती प्रदेशले रु ५ करोड रुपैँया लागतमा निमार्ण सम्पन्न गर्ने गरी उक्त काम कम्पनीलाई जिम्मा दिएको हो । सुरुङ्मार्गको पुनःनिमार्ण शिल्यान्यास यही श्रावण १४ गते माननीय मुख्यमन्त्री डोरमणी पौडेलले गर्ने रहेको छ ।
यातायात प्रयोजनका लागि निर्माण भएको दक्षिण एशियाकै पहिलो चुरियामाई सुरुङमार्ग हो, जसले छुट्टै ऐतिहासिक महत्व राख्दछ। चुरियामाई सुरुङमार्ग नेपाली सेनाका कर्णेल इञ्जिनीयर डिल्लीजङ थापाको नेतृत्वमा निर्माण गरिएको थियो।
बारा र मकवानपुर जोड्ने गरी बनाइएको सुरुङ्गमार्ग राणा चन्द्रशमशेरको पालामा निमार्ण भएको हो ।






















