गरिबीको रेखामुनी रहेका जनताका लागि बिना धितो सहुलियतपूर्ण ऋणको व्यवस्थाः मन्त्री ढुङ्गेल

हेटौंडा टुडे
१४ श्रावण २०७८, बिहीबार ११:३२

हेटौँडा/ बुधबार हेटौंडामा आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले चालु आर्थिक बर्ष २०७८÷०७९ मा सरकारले गरिबीको रेखामुनी रहेका सर्वसाधारण जनताहरुको लागि बिना धितो सहुलियतपूर्ण ऋणको व्यवस्थापन गरिएको बताएका छन् ।

मन्त्रालयले बागमती प्रदेशभित्रका १३ वटै जिल्लाका सबै स्थानीय तहहरुको वडासम्म पुग्ने गरी कार्यविधि तथा जानकारी मुलक हाते पुस्तक उपलब्ध गराउनुको साथै वित्तीय संस्थाहरुलाई यसबारे अभिमुखीकरण तथा अनुशिक्षण गरेको छ । सहुलियतपूर्ण ऋणका लागि कूल कृषि विकास बैंकमार्फत् कुल ८० करोड र साना किसान वित्तीय संस्थामार्फत कुल ६० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेश सरकारले २०७७ साल मंसिर ८ गते उत्पादन तथा रोजगारी सृजनाका लागि ‘सहुलियतपूर्ण ऋण लगानी कार्यविधी २०७७ मन्त्रिपरिषदबाट पारित गरिसकिएको समेत स्पष्ट पारे । बागमती प्रदेशभित्र ६५ वटा कृषि विकास बैंक लिमिटेडको शाखा कार्यालयमार्फत् उक्त कार्यक्रम विस्तार तथा साना किसान विकास लघुवित्त वित्तीय संस्थाको १८१ साना किसान कृषि सहकारीमार्फत् ऋण लगानी कार्यक्रम संचालन गरिएको छ ।

उनले कोरोना महामारीबाट सिथिल भएको कृषि, उद्योग, व्यापार÷व्यवसायसंग सम्बन्धित क्षेत्रहरुमा उत्पादन तथा रोजगारी सृजनाका लागि सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने गरी गत आर्थिक बर्ष ०७७र०७८ को बजेट वक्तव्यको १४९ नम्वर बुँदामा घोषणा गरिएको समेत उल्लेख गरे ।

आर्थिक मन्त्रालयले ०७७ पुस ८ गते प्रथम किस्ता रु ६० करोड विनियोजन गरी कृषि विकास बैंक लिमिटेडलाई ४० करोड रुपैंया तथा साना किसान विकास लघुवित्त वित्तीय संस्थालाई रु २० करोड रुपैयाँ उक्त कार्यक्रमको लागि ऋण लगानी गर्न उपलब्ध गराएको उनले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*