भीमफेदी कारागारका ३५५ कैदीमा कोरोना संक्रमण पुष्टि

हेटौंडा टुडे
२०७८ श्रावण १४, बिहीबार २१:५१ गते

हेटौंडा । भीमफेदी गाउपालिकामा रहेकोे भीमफेदी कारागारमा रहेका ३ सय ५५ जना कैदीबन्दिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीवार (आज)गरिएको एन्टिजेन परिक्षणबाट ३ सय ५५ जनामा कोरोना पुष्टि भएको हो । कारागारमा रहेका ८ कर्माचारी सहित ९ सय ६९ जना कैदीहरुमा  गरिएको एन्टिजेन परीक्षणमा ३ सय ५५ जनामा पोजेटिभ देखिएको हो । कैदी स्थानान्तरणको क्रममा भिमफेदी कारागारबाट अन्त सारिएका ५ जनामा कोरोना देखिएपछि भिमफेदी कारागारका सम्पुर्ण कैदिबन्दीको कोरोना परिक्षण गरिएको भिमफेदीका स्वास्थ्य संयोजक रामनाम थिङले हेेटौंडा टुडेेेलाई जानकारी दिनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*