आज पनि नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

हेटौंडा टुडे
१८ श्रावण २०७८, सोमबार १०:४९

हेटौँडा/ नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । आज दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्न लागेको हो ।

यसअघि आइतबारको बैठकमा साउन २७ गतेभित्र पार्टी सदस्यताको नविकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको थियो । बैठकपछि महासचिव पोखरेलले असोज ३ गते वडा तहको अधिवेशन गर्ने र असोज ९ गते पालिकास्तरको अधिवेशन गरिने निर्णय पनि भएको बताएका थिए ।

एकता कार्यदलले तयार पारेको १० वुँदे सहमतिकै आधारमा पुर्नमिलन हुनुपर्ने संस्थापन पक्षको अडान छ । तर वरिष्ठ नेता माधव नेपालपक्ष भने १० बुँदे अनुुसार चल्ल्न तयार देखिएको छैन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*