हेटौँडा / वाग्मती प्रदेशको नेकपा एमाले माधव नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले यसरी नै नेकपा एमाले चल्ने हो भने पार्टी नै विस्थापित हुने अवस्था आउन सक्ने भन्दै व्यक्तिगत रिसिइबी भन्दा पनि पार्टी जोगाउने तिर लाग्नुपर्ने बताइन्।
प्रदेश सरकारको समय अवधि डेढ बर्ष मात्रै रहेको हुँदा आफू मुख्यमन्त्री बन्न नचाहेको उनले बताइन्। उनले नेकपा एमाले ओली समूहसँगै छलफल भइरहेको र पार्टी जोगाउन मन्त्रिपरिषद् विस्तार गरी अबको डेढ वर्षको अवधिमा भएको कमी कमजोरीलाई जोगाउनुपर्ने बताइन्।
वाग्मतीका १०९ सांसदमध्ये एमालेका सभामुखसहित ५६ जना छन्। तीमध्ये अध्यक्ष केपी शर्मा ओलीको पक्षमा ३४ र माधव नेपाल-झलनाथ खनाल समूहमा २२ सांसद छन्।
सेयर गर्नुहोस्






















