हालसम्म जिल्लामा १३ हजार ५ सय ८४ जना सक्रिय संक्रमित

हेटौंडा टुडे
२० श्रावण २०७८, बुधबार ११:४६

हेटौँडा/ मगंलबार मात्र मकवानपुर जिल्लामा ८९ जनामा कोराना पुष्टि भएको थियो । हाल जिल्लामा १ हजार ७९ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा योसहित १३ हजार ५ सय ८४ जनामा कोरोना पुष्टि भएको छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सयभन्दा बढी भएमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउन सक्ने प्रावधान भएपनि हेटौंडामा ५ सय बढी संक्रमितको संख्या पुग्दासमेत उपमहानगरले र प्रशासनले कडाई गर्न सकेको छैन । प्रहरीले भिडभाड हुने बजार क्षेत्रमा समेत कुनै कडाई गर्नसकेको छैन । सवारी साधन र बजार व्यवस्थापनको भिडभाड नियन्त्रण गर्न प्रशासन कमजोर बनेको छ ।

हालसम्म जिल्लामा कोभिड संक्रमणको कारण १ सय ४५ जनाले ज्यान गुमाएका छन् ।

मंगलबार मकवानपुरगढीमा २, थाहामा ४, कैलाशमा १, मनहरीमा ४, भीमफेदीमा २, बकैयामा ३ र राक्सिराङमा १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले विवरण सार्वजनिक गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*