जलश्रोत तथा सिंचाइ विकास डिभिजन मकवानपुरको ८८ प्रतिशत प्रगती

हेटौंडा टुडे
२० श्रावण २०७८, बुधबार १२:४३

हेटौँडा/ बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको जलश्रोत तथा सिंचाइ विकास डिभिजन मकवानपुरले वितेको आर्थिक वर्षमा कार्यालयलाई प्राप्त रकम मध्यमा धेरै रकम खर्च गर्न सफल भएको हो । जसमा वितेको आर्थिक वर्षमा ८८ दशमलब २७ प्रतिशत प्रगती भएको छ ।

कार्यालयमा प्रदेश सरकारका तर्फबाट चालु र पूजिगत रकम मध्यमा ८८ दशमलब २७ प्रतिशत प्रगती भएको जलश्रोत सिंचाइ विकास डिभिजन मकवानपुरका लेखा अधिकृत उद्धब सापकोटाले वताउनुभयो ।

सिंचाइ विकास डिभिजनमा बितेको आर्थिक वर्षमा एक करोड ४ लाख ३६ हजार रुपैयाँ प्राप्त भएकोमा ८४ लाख ६८ हजार रुपैयाँ खर्च भएको छ । चालुमा ८१ द्शमलब ११ प्रतिशत खर्च भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*