
मकवानपुर \मकवानपुरको पूर्वी क्षेत्रको बागमती गाउँपालिका र सिन्धुलीको हरिहरगढी गाउँपालिका बीच बग्ने बागमती नदीमा अहिले पनि बर्खाको समयमा जोखिम मोलेर आवतजावत गरीरहेका छन् । निर्माणधिन पुलको सिन्धुली तर्फ र मकवानपुरतर्फ फराकिला कालोपत्रै सडक रहेता पनि बागमती नदीको पुल वर्षौदेखि अलपत्र हुँदा मकवानपुर र सिन्धुलीबासीलाई आवतजावत गर्न वर्षामा सहज भने छैन ।
मदन भण्डारी लोकमार्गमा सिन्धुली र मकवानपुरतर्फ कालोपत्रे सक्किँदा पनि बागमती नदीमा ११ स्पानको पुल हालसम्म निर्माण सम्पन्न हुन सकेको छैन । बागमती नदीमा १० वर्षदेखि पुल अलपत्र थियो । १० वर्षसम्म अलपत्र पुल केही महिना अघिदेखि निर्माण कम्पनीले काम सुरु गरेको छ । तर, सम्पन्न भने भइसकेको छैन ।
बागमती गाउँपालिका–६ बगेरी लितिखोलाका मानबहादुर रखाल मगर पुल निर्माण त हुन लाग्यो तर पनि तारको भरमा पाँसको भ¥याङ त्यो पनि तल नदीको बहाबको डर मान्दै तार समात्दै आउने जाने गर्नुपरेको पिडा सुनाए । उनले बाउबाजेले भोग्दै आएको नियति अझैसम्म पनि उस्तै रहेको बताउदैं पुल बन्दै छ भनेर हाम्रो पालामा पनि १० वर्ष कुरिसक्यौँ, अझै सम्पन्न नभएको बताए ।
बागमती गाउँपालिका–६ बगेरी लितिखोलाका बुद्धिमाया रखाल मगरले बालबच्चा, वयोबृद्ध तथा भारी बोकेर ओहोरदोहोर गर्ने दिदीबहिनी खतरा मोलेर हिड्नुपर्ने दुखेसो पोखिन् । विगतका दिनमा बागमती नदीमा स्थानीयलाई ५ सय र बाहिरबाट आएकालाई १ हजार रुपैयाँ लिएर ट्युबको सहारामा वारिपारी तार्ने काम हुने गर्दथ्यो ।
वर्षौदेखि पुल निर्माण अलपत्र हुँदा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ र मकवानपुरको बागमती गाउँपालिका–४ सँगको सम्पर्क वर्षामा टुट्ने गरेको थियो । पुल २०६८ असारमा स्वच्छन्द भैरव निर्माण सेवाले २१ करोड रुपैयाँमा पाँच वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो ।
-सिधाखबर डटकमका लागि श्रीराम अर्जुनले लेखेको समाचार साभार
