आज राष्ट्रियसभाको बैठक बस्दै, देउवाले सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने

टुडे संवादाता
२४ श्रावण २०७८, आईतवार ११:३६

काठमाडौँ /आज राष्ट्रियसभाको बैठक बस्ने भएको छ । संसद सचिवालयका अनुसार राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बानेश्वरस्थित संसद भवनमा बस्नेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६/२०७७ को नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै  प्रधानमन्त्री देउवाका तर्फबाट ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७’ र ‘लोक सेवा आयोग विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गरिने जनाइएको छ ।सरकारको उर्जामन्त्री म्फा भुसालले ‘विद्युत विधेयक, २०७७ प्रस्ताव प्रस्तुत गर्ने भएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*