
हेटौँडा/ कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या बढेको छ पछिल्लो २४ घण्टामा नेपालमा थप ५५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शनिबार नेपालमा १९ जना संक्रमितको मृत्यु भएको थियो । यो संगै नेपालमा हालसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैगरि पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट २ हजार १३७ र एन्टीजेन परिक्षणबाट ४११ गरि थप २ हजार ५४८ जना संक्रमित थपिएको जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार २९ जना संक्रमण मुक्त भएका छन् ।

सेयर गर्नुहोस्