हेटौंडाको बुद्धचोकमा खुकुरी हान्ने र घाइतेको पहिचान खुल्यो

हेटौंडा टुडे
२७ श्रावण २०७८, बुधबार ११:२७

हेटौँडा/ हेटौँडाको बुद्धचोकमा बुधबार बिहान दुई युवाबिच खुकुरी हानाहान भएको छ । खुकुरी हानाहान गर्ने र खुकुरी प्रहारबाट घाइते हुनेको पहिचान खुलेको छ ।

खुकुरी प्रहरबाट हेटौंडा–१ चौकीटोलका २६ बर्षीय प्रशान्त नगरकोटी घाईते भएका छन भने खुकुरी प्रहार गर्ने हेटौंडा–१० बसपार्क बस्ने २१ बर्षीय सौरभ लामा र उनका भाई रहेका छन ।

सौरभ लामालाई प्रहरीले पक्राउ गरिसकेको,लामा पनि घाइते रहेकोले प्रहरी निगरानीमा उपचार भइरहेको र उनका भाइ भने फरार रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वेर रिमालले बताए ।

घाइतेको अवस्था सामान्य रहेको र हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ । खुकुरी प्रहार गर्ने लामा मकवानपुर प्रहरीको नियन्त्रणमा रहेको र घटनाको आवश्यक अनुसन्धान भइरहेको डिएसपी रिमालले बताए ।

यो पनि पढ्नुहोस,

हेटौँडाको बुद्धचोकमा दुई युवाबिच खुकुरी हानाहान

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*