
हेटौँडा/ प्रधानमन्त्री शेरबहादुर देउवालाई मानवअधिकार एलाइन्स मकवानपुरले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारीमार्फत् बुधवार प्रधानमन्त्रीलाई ध्यानाकषर्ण पत्र बुझाएको छ ।
संयुक्त सरकार गठन भएको एक महिनाको समयमा मानव अधिकारलाई प्रभाव पार्ने विभिन्न समसमायिक विषयमा मानवअधिकार एलाइन्स मकवानपुरले ध्यानाकषर्ण पत्र बुझाएको हो। मानवअधिकार एलाइन्स मकवानपुरका अध्यक्ष तुलसी रिजालले प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण पत्र वाचन गरेका थिए ।
मानवअधिकार एलाइन्स मकवानपुरका अध्यक्ष रिजालको नेतृत्वमा गएको टोलीले मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो ।
मुलुकमा कोरोना महामारीको प्रकोप दिनानुदिन बढिरहेको परिप्रेक्ष्यमा गाउँपालिका स्तरमा नै पीसिआर परीक्षण गर्ने,संक्रमितहरुको भरपर्दो उपचार गर्ने, महामारी फैलिन नदिन प्रभावकारी कार्यहरु गर्न र यथासक्य चाँडो सम्पूर्ण नागरिकहरुलाई खोपको सुनिश्चितता गराउन अनुरोध गरेको छ ।
