मुख्यमन्त्री पौडेलद्वारा बागमती प्रदेश युवा परिषद्को कार्यालय उद्घाटन

टुडे संवादाता
२८ श्रावण २०७८, बिहीबार ११:५१

हेटौँडा/बागमती प्रदेश युवा परिषद्को कार्यालयको बिहिबार (आज) उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हेटौंडा-४ मित्रनगरमा बागमती प्रदेश युवा परिषद्को कार्यालयको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उदघाटन गरेका हुन् ।

कार्यक्रमका बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेश युवा परिषद्ले युवाको हितका काम गर्ने कुरामा आफु विश्वस्त रहेको बताए । मुख्यमन्त्री पौडेलले परिषदलाई युवाको चौतर्फी विकास गर्ने खालका कार्यक्रम ल्याउन पनि सुझाव दिएका छन् ।

बागमती प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौँलागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सामाजिक विकासमन्त्री सरस्वती बस्नेत, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, संविधानसभा सदस्य अनन्त पौडेल, बागमती प्रदेश सदस्य जुनेली माया श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*