हेटौँडा/अनेरास्ववियु हेटौँडा क्याम्पस कमिटीले बिहिबार (आज) क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववियु हेटौंडा क्याम्पस संयोजक अभि मैनालिको संयोजकत्वमा क्यापस प्रमुख डा. देब चन्द्र मानन्धरलाइ ज्ञापनपत्र बुझाएको हो ।
नयाँ भर्ना लगायत विभिन्न काममा क्याम्पस प्रशासन खुल्ने समय अनुकुल नभएकोे सहजताको लागी ९ बजे देखि ५ बजे सम्म क्याम्पस प्रशासन खोलीनुपर्ने लगाएत सम्पूर्ण विद्यार्थीहरु समेटीने गरी अनलाईन कक्षालाई प्रभावकारी बनाई पुस्तकालयको ब्यवस्थित रुपमा सूचारु गर्न क्याम्पसलाई ज्ञापनपत्र बुझाएको संयोजक अभि मैनालीले जानकारी दिनुभयो ।
यता ज्ञापन पत्रलाइ सकारात्मक रुपमा लिँदै आगामी आइतबार भित्र सबै मागहरु सम्बोधन हुने क्यापस प्रमुख डा. मानन्धरले बताउनुभयो ।
हेर्नुहोस ज्ञापनपत्र

सेयर गर्नुहोस्






















