हेटौँडा/ऐतिहासिक मकवानपुरगढी दरवार परिसरमा शनिबार सरसफाई गरिएको छ । तरुण दल गाउँपालिकाका समितिको आयोजनामा दरवार भित्र रहेका घाँस काट्ने लगायत अन्य फोहोर टिपेर सरसफाइ गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस मकवानपुरका सचिव बुद्ध लामाले कम्युनिष्टहरुले राजनितिको फोहोरी खेल खेल्नुका साथै आर्थिकमा समेत फोहोरी खेल खेलेर जताततै फोहोर गरेकोले अब देशभर तरुण दलले यस्ता क्षेत्रमा सरसफाइ गरिनुपर्ने बताएका थिए ।
ऐतिहासिक गढी दरवार सरसफाई कार्यक्रम गरी जुन तरुण दलले गर्यो एकदमै राम्रो रहेको बताउदैं वक्ताहरुले यो कार्य देशकै नमुना रहेको बताएका थिए । गाउँपालिकाले बजेट विनियोजन गरेता पनि गढी दरवार परिसरमा घाँसको झाडी बाक्लिए पछि सफा नगरेको भन्दै तरुण दलले घाँस काट्ने र सरसफाइ गर्ने कार्य गरिएको हो , शनिबार पानी परेकोले केहि काम गरिएको र बाकीँ भोली गरिने तरुण दल अध्यक्ष सानोकान्छा थिङले बताए ।
कार्यक्रममा पार्टीका जिल्ला सचिव बुद्ध लामा, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, संघीय क्षेत्र २ सभापति यतिराज सापकोटा, हेटौंडा नगर सभापति आनन्दराम पराजुली, वडा २ का वडा अध्यक्ष बखान सिं पाख्रिन लगायतले आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रममा जिल्ला सदस्य अर्जुन दाहाल, दोर्जे लामा, सुर्य बहादुर रुम्बा, गाउँपालिका सभापति राजविर मोक्तान, नेपाल पत्रकार महासंघका अध्यक्ष मणिराज गौतम, तरुण दल जिल्ला पदाधिकारी, गाउँपालिका पदाधिकारी, पार्टीका पदाधिकारी, महिला, तथा स्थानीय तरुणहरुको सहभागिता रहेको थियो ।

















