मकवानपुरमा निषेधाज्ञा भदौं १० गतेसम्म लम्बियो

टुडे संवादाता
३१ श्रावण २०७८, आईतवार १५:१५

हेटौँडा/ मकवानपुरमा जिल्ला कोभिड संकट व्यवस्थापन समिति मकवानपुरको आज आइतबार बसेको बैठकले मकवानपुरमा जारी निषेधाज्ञा आगामी भदौं १० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको उक्त बैठकले भोलि साउन ३२ गते राति १२ बजेदेखि लागू हुने गरी आगामी भदौं १० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी, जिल्लामा मापदण्ड बमोजिम भौतिक दूरी कायम गरी २५ जना भन्दा बढी परीक्षार्थी भेला नहुने गरी परीक्षा संचालन गर्न दिने निर्णय गरेको छ ।

उक्त बैठकले पसल व्यवसायको सन्दर्भमा अत्यावश्यक उपभोग्य वस्तु खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी विक्रीवितरण गर्ने व्यवसायहरु बिहान ५ बजेदेखि विहान १० बजेसम्म खोल्न अनुमति दिएको छ ।

यसैगरी, बैठकले इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसलहरू, हार्डवेयर पसल, भाँडा पसल, कपडा पसल, टेलर, जुत्ता चप्पल पसल, सुनचाँदी पसल, कस्मेटिक पसल, फर्निचररफर्निसिङ, सवारी साधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस् बिक्री वितरण गर्ने व्यवसायहरु बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

त्यस्तै, सार्वजनिक सवारीसाधनको हकमा कुल सिट क्षमताभन्दा बढी यात्रु नराख्ने गरीजोर–बिजोर प्रणालीमा बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म संचालन गर्न पाइने अनुमति दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*