भीमफेदी गाउँपालिकाको नवनिर्मित भवन मुख्यमन्त्री पौडेलद्वारा उद्घाटन

हेटौंडा टुडे
३२ श्रावण २०७८, सोमबार १६:३५

हेटौँडा/ मकवानपुरको भीमफेदीमा गाउँपालिका आफ्नै नयाँ निर्मित प्रशासकीय भवन उदघाटन भएको छ । मुख्यमन्त्री डोरमणी पौडेलले एक कार्यक्रमबीच ७ मिटर चौडाई र ३५ मिटरको लम्बाइमा बनेको कुल ४२ कोठाको भवनको उदघाटन गर्नुभएको हो । हलसमेत गरेर ४२ कोठे भवनको ठेक्का ७ करोडमा आव्हान भएकोमा ४ करोड १२ लाख रुपैयाँमा ठेक्का कवुल भएर निर्माण सम्पन्न भएको हो ।

गाउँपालिकाले २०७६ साल साउनमा आर.एन.सी. नेचुरल जेसी काण्ठमाडौंसँग सम्झौता भई निर्माण कार्य सुरु गरेको प्रशासकीय भवन रु ४ करोड १२ लाख लागतमा सम्पन्न भएको हो । कार्यक्रमका सभाध्यक्ष रहेको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले भिमफेदीलाई विकासमा अव्वल बनाउने बताए । उनले गाउँपालिकामा आएका योजनामा आफुले भष्ट्रचार नगर्ने र अरुलाई पनि गर्न नदिने बताएका छन् ।भवन उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले भीमफेदी गाउँपालिकालाई वल्ड सिटीको रुपमा विकास गरिने बताए । उनले भीमफेदीको इतिहास, पुरात्विक महत्वलाई बचाउन पुरानो सहरको रुपमा विकास गर्ने बताए ।

त्यस्तै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्थानिय तहहरुलाई अधिकार सम्पन्न र विकासमा अगाडी राख्नकै लागि पालिकालाई जग्गा उपलब्ध गराएको बताए ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*