हेटौँडा/ बागमती प्रदेशको प्रदेशसभा बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बागमती प्रदेशको चालु वर्ष २०७८ र ७९ को नीति, कार्यक्रम तथा बजेट पास भएपछिको पहिलो प्रदेशसभा बैठकको आठौँ अधिवेशनको २२ औँ बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । बजेट पारित गरेको करिब १ महिनापछि आज बैठक बस्न लागेको हो । प्रदेशसभामा केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेशसभा नियमावली संशोधन दर्ता भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए । बैठकमा सभामुखले प्रदेशप्रमुख कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची पनि रहेको छ ।
सेयर गर्नुहोस्

















