
हेटौँडा/ जिल्ला समन्वय समिति जिसस महासंघ बागमती प्रदेश समितिले बागमती प्रदेश सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको छ । महासंघका अध्यक्ष रघुनाथ खुलालको नेतृत्वको टोलीले मंगलबार मुख्यमन्त्री डोरमणि पौडेललाई भेटर जिससको प्रभावकारी संचालन र परिचालनका लागि ११ बुँदे ध्यानाकर्षपत्र बुझाएको हो ।महासंघको गत साउन १८ गते बसेको बैठकले जिससको भुमिका प्रभावकारी बनाउन नितिगत र संरचनागत सुधारका लागि ११ बुँदे सुझाव पारित गरेको थियो । सोहि सुझाव आज महासंघका अध्यक्षलगायतको टोलीले मुख्यमन्त्री पौडेलाई बुझाएको हो ।
यस्तै स्थानीय तहको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गराउने, स्वीकृत गर्ने र व्यवस्थापन परीक्षण गर्ने अधिकार जिल्ला समन्वय समिति मातहत गरी संघीय र प्रादेशिक निजामती सेवा ऐनमा व्यवस्था गरिनु पर्ने, नेपाल सरकारले जिल्लामा हुने संघ, प्रदेश र स्थानीय तहका विभिन्न योजना, आयोजना र कार्यक्रमहरुको प्रभावकारी अनुगमन गर्न जिल्ला समन्वय समिति सन्चालन ऐन र जिल्ला अनुगमन कार्यविधि तत्काल निर्माण गरी कार्यान्वयन गराउनु पर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
ध्यानाकर्षणपत्र बुझनुहुँदै मुख्यमन्त्री पौडेलले प्राप्त सुझावलाई गम्भीरतापूर्वक लिँदै प्रदेश सरकारका तर्फबाट जिल्ला समन्वय समितिलाई गर्नुपर्ने सबै प्रकारका सहजिकरण गर्ने बताउनुभयो ।
सो अवसरमा मुख्यमन्त्री पौडेलका राजनैतिक सल्लाहाकार जेएन थपलिया, टोलीका सदस्य एवम् महासंघका प्रवक्ता, जिसस चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीलगायतको उपस्थिती थियो ।

