बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारी

हेटौंडा टुडे
२ भाद्र २०७८, बुधबार १४:५३

हेटौँडा/ बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारी गरिएको छ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकी सांसद अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन लागिएको हो। आफ्नो नाम उल्लेख नगर्ने शर्तमा नेपाल पक्षका एक सांसदले नयाँ सरकार गठनका लागि आज वा भोलिसम्म पक्रिया अगाडि बढ्ने बताए।

सरकारले दल विभाजनका लागि अध्यादेश ल्याएसँगै एमाले फुटेर नेपाल पक्षले नयाँ दल दर्ता गर्ने चर्चा चले पनि शाक्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो।

एमाले एकता रहे पनि नरहे पनि त्यसबारे पछि मिलाऔंला, अहिले डोरमणि पौडेलको ठाउँमा शाक्यलाई मुख्यमन्त्री बनाएर जाने कुरा भएको छ,ती सांसदले बताएका छन ।

प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले पौडेल मुख्यमन्त्री छन्। संसदीय दलको बैठकले दलको नेता परिवर्तन गर्न सक्छ। यसकै लागि आजै नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बस्दै छ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*