मुख्यमन्त्रीले दिए राजीनामा, संसदीय दलको नेतामा शाक्य चयन 

हेटौंडा टुडे
२ भाद्र २०७८, बुधबार १६:०१

हेटौँडा/ नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलको नेतामा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य चयन भएकी छन्। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आजै संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्य दलको नेता चयन भएकी हुन्। शाक्य सर्वसम्मतिबाट दलको नेता चयन भएको एमाले केन्द्रीय सदस्य तथा बागमती प्रदेशकी सांसद रचना खड्काले जानकारी दिइन्। माधव नेपाल पक्षकी शाक्यलाई अध्यक्ष ओली पक्षले संसदीय दलको नेता बनाएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*