हेटौंडाको विकासलाई कसैले रोक्न सक्दैनः निवर्तमान मुख्यमन्त्री पौडेल

हेटौंडा टुडे
३ भाद्र २०७८, बिहीबार १२:५९
file photo

हेटौँडा/ बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले आफ्नो ४२ महिनाको कार्याकालमा प्रदेशका जिल्लासंगै हेटौंडामा काँचुली फेरीनेगरी काम गरिएको बताउनु भएको छ । बुधबार मुख्यमन्त्री पदबाट राजिनामा दिएका पौडेलले आज बिहान पत्रकार सम्मेलन गर्दै उहाँले हेटौंडाका हरेक क्षेत्रका विकासमा महत्वपूर्ण कामहरु भएको बताउनु भएको छ । हेटौंडा राजधानी भएकाले अब यहाँको विकासलाई कसैले चाहेर पनि रोक्न नसक्ने पौडेलको तर्क छ । अहिले सम्म आफ्नो नेतृत्वको सरकारले गरेका काम अत्यन्तै राम्रो रहेको वहाँले वताउनुभयो ।

उहाँले हेटौंडा ६ गौरिटारमा रहेको राष्ट्रिय खेलकुद प्रतिष्ठानामा खेलकुद विकासका विभिन्न कामहरु भईरहेको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘हेटौंडा प्रदेशको राजधानी भएको छ । अब यहाँको विकासलाई कसैले रोक्न सक्दैन । म सरकारमा भएपनि नभएपनि प्रदेशको राजधानी विकासको लागि प्रदेश सरकारले काम गर्नेछ । म हुँदा चाँडो हुँन्थो होला,नहुँदा ढिलो हुनसक्छ तर काम हुनबाट कसैले रोक्न सक्दैन् ।’

३ वर्षमा प्रदेशको १३ वटै जिल्लामा विकासका कामहरु भएको बताउँदै भन्नुभयो–‘आफुले ३ वर्ष मुख्यमन्त्रीको जिम्मेवारी समाल्दा प्रदेशको भौतिक पूर्वाधार,सामाजिक, स्वास्थ्य, शिक्षा, खेलकुद, शुसासनको क्षेत्रहरुमा महत्वपूर्ण कामहरु भएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*