निवर्तमान मुख्यमन्त्री पौडेलले छोडे सरकारी निवास

हेटौंडा टुडे
२०७८ भाद्र ३, बिहीबार १६:०१ गते

हेटौँडा/ बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा-२ स्थित मुख्यमन्त्री सरकारी निवास छोडेका छन् । बुधबार मुख्यमन्त्री पदबाट राजिनामा दिएका पौडेलले बिहिबार सरकारी निवास छोडेर हेटौंडा नवलपुर स्थित निजी निवास सरेका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका पौडेललाई एमालेका सयौ कार्यकर्ताले मोटरसाईक तथा कार यार्ली गर्दै निजी निवाससम्म स्कर्टिङ गरेका थिए । उनले आफुले प्रदेशको नेतृत्व र पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशकै नेतृत्व पाउँदा ७० वर्षमा हुन नसकेको विकास निमार्णका कामहरु ३ वर्ष भएको दाबी गरेका थिए ।

पौडेलले बुधबार दिउँसो नेकपा एमाले पार्टीको एकता हितको लागि भन्दै मुख्यमन्त्री पदबाट राजिनामा दिएका थिए । पौडेलले २४ माघ २०७४ मा नेपालको पहिलो मुख्यमन्त्रीको रूपमा शपथ लिएका थिए। नेकपा एमाले बुधबार औपचारिक रूपमा विभाजन भएपश्चात् त्यसको असरसँगै बागमती माधव नेपाल समूहमा रहेकी शाक्य एकाएक केपी ओली समूहको सहयोगमा मुख्यमन्त्री पदमा पुगेकी छिन्।

तस्बिर सौजन्य :खबर ब्रेक डटकम

पौडेलले राजीनामा दिएसँगै प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी छन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*