राक्सीराङमा एमाले र माओेवादी परित्याग गरी २ सय ८७ जना कांग्रेसमा प्रवेश

टुडे संवादाता
२०७८ भाद्र ३, बिहीबार १८:०७ गते

मकवानपुर/मकवानपुरको पश्चिमी क्षेत्रको राक्सीराङ गाउँपालिकाका विभिन्न वडाबाट एमाले र माओवादी परित्याग गरी २ सय ८७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस राक्सीराङ गाउँपालिका सभापति विरेन्द्र जिम्बाको सभाध्यक्षता एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा एमालेबाट निर्वाचित २ नम्बर वडा सदस्य टिकामाया रानामगर, वडा नम्बर ५ का वडा ईन्चार्ज सुदिप चेपाङसहित २ सय ८७ जना एमाले र माओवादीका कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई पार्टीको सदस्यता दिएर स्वागत गर्दै नेता बानियाँले टुक्राटुक्रामा विभाजित भएको कम्युनिष्टले देशको विकास गर्न नसक्ने बताउँदै भ्रष्टचार र झुठो आस्वासन मात्रै अव जनताले नपत्याउने बताउनुभयो ।

दुईतिहाई नजिकको कम्युनिष्ट सरकार सत्ताको भागबण्डा, भ्रष्टचार ओलीको अहंमताले पार्टी फुटेको बताउँदै नेता बानियाँले ५० वर्ष कांग्रेसले सत्ताको मुख देख्न नपाउने भन्ने ओली अहिले बालकोटको बार्दलीबाट आफूसंगै ३० औं वर्ष संगै काम गरेका साथीभाईलाई सरापेर बस्नुबाहेक अरु विकल्प नभएको बताउनुभयो ।

पार्टी प्रवेश कार्यक्रममा कांग्रेस मकवानपुर सचिव बुद्ध लामा, प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ, कांग्रेस जिल्ला सदस्य एवं राक्सीराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, जिल्ला सदस्यहरु रामकृष्ण प्रजा, रत्नबहादुर गोले, बच्चीमाया नेगी, महासमिति सदस्य रञ्जन कालाखेति, चित्रबहादुर थापा, प्रतिनिधिसभा २ को क का प्रदेश सभापति लोक मुक्तान, महाधिबेशन प्रतिनिधि टेकनाथ शिवाकोटी, तरुण दल अध्यक्ष ईश्वर पाठकलगायतले मन्तव्य व्यक्त गर्नुभएको रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*