माधव नेपाल पक्षका निरञ्जन झा रेल्वे कम्पनीको महाप्रवन्धक नियुक्त

हेटौडा टुडे
४ भाद्र २०७८, शुक्रबार ११:२४

हेटौँडा/ शेरबहादुर देउवा नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका खेलेको माधव नेपाल पक्षले धमाधम राजनीतिक नियुक्ति पाउन थालेको छ । नेपाल नेतृत्वको एमाले समाजवादीले बागमती प्रदेश प्रमुख पाएकै दिन नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पद पनि पाएको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले प्रस्तावित एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपाल निकट झालाई नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका महाप्रबन्धक गुरु भट्टराईलाई सरकारले स्पष्टीकरण सोधेपछि उनले राजीनामा दिएका थिए ।

सरकारले बिहीबार बागमती प्रदेशको प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर माधव नेपालको सचिवालयमा लामो समय काम गरेका यादव शर्मालाई नियुक्त गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*