बागमतीका प्रदेश प्रमुख प्रसाईं हटाइए, शर्मा सिफारिस

हेटौंडा टुडे
४ भाद्र २०७८, शुक्रबार ११:२७

हेटौँडा/ सरकारले बिहीबार बागमती प्रदेशको प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर माधव नेपालको सचिवालयमा लामो समय काम गरेका यादव शर्मालाई नियुक्त गरेको छ ।

हालका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादव शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । प्रदेश प्रमुखमा सिफारिस भएका शर्मा माधव नेपाल निकट हुन् ।

गत असार २८ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएयता सरकारले चार जना प्रदेश प्रमुख फेरिसकेको छ । लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*