हेटौंडा-१५ मा ३५० बढी एमालेमा प्रवेश

हेटौंडा टुडे
४ भाद्र २०७८, शुक्रबार १२:२०

हेटौँडा/ हेटौंडा १५ नम्बर वडाका सानो सुकौली र ठुलो सुकौलीबाट नेपाली काङ्ग्रेस, जनता समाजबादी, राप्रपा, नेकपा माओबादी केन्द्रबाट एमालेमा प्रवेश गरेका हुन् । ३ सय ५० बढी नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । त्कालीन नेपाली काङ्ग्रेसका तर्फबाट वडा सदस्यका उम्मेद्बार दिपक तितुङ्सहित , कर्ण सिङ लामा, अरुण तितुङ, अतुल स्याङबो, मेरी माया राई , रीना शाही ठकुरि, ऋषिलाल तितुङ, कोपिला पाख्रिन, सरद मोक्तान, रबी स्याङतान, भरत मोक्तान, रतन लो, युवराज लो,सुनिल स्याङतान, बबिता गोले, तारा स्याङबोलगायत एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशीलाई बागमती प्रदेशका निबर्तमान मुख्यमन्त्री एबम नेकपा एमालेका केन्द्रिय सदस्य डोरमणि पौडेलले स्वागत गरेका छन् ।

कार्यक्रममा बोल्दै पौडेलले एमाले सरकार भएको समयमा बिकास निर्माण धेरै भएको बताए । उनले अरु पार्टीको सरकार बनेको र केपी ओली नेतृत्वको सरकार बनेको समयमा भएको विकास निर्माणको तुलना गर्न आग्रह समेत गरे । जनादेशको सरकारलाई परमादेशको आदेशले ढालेपनी जनताको मन बाट ढाल्न नसक्ने बताए । सरकारमा हुँदा गरेका लोकप्रिय कामका कारम एमाले प्रति जनताको आकर्षण नघट्ने उनको भनाई थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*