बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

हेटौडा टुडे
४ भाद्र २०७८, शुक्रबार १६:१६

काठमाडौं /बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । शर्मालाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बागमती प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।
यसअघि बागमती प्रदेश प्रमुखमा विष्णुप्रसाद प्रसाई रहेका थिए । राष्ट्रपति भण्डारीले प्रसाईलाई प्रदेश प्रमुखबाट पदमुक्त गरेसँगै यादवलाई नियुक्त गरेकी हुन् ।

नवनियुक्त प्रदेश प्रमुख शर्मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा स्वकीय सचिव रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*