माओवादी केन्द्रको मकवानपुरगढी ४ नम्बर वडा अध्यक्षमा योन्जन

हेटौंडा टुडे
६ भाद्र २०७८, आईतवार २०:४७

हेटौंडा। नेकपा माओवादी केन्द्रको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ मा वडा भेला सम्पन्न भएको छ ।
वडा भेला पार्टी केन्द्रीय सदस्य तथा मकवानपुुर जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा मकवानपुर अध्यक्ष प्रेम बहादुर पुलामी (छिन्तु) को विषेश आतिथ्यतामा भएको हो । भेलाले हेम बहादुर योन्जन अध्यक्ष र राजकुमार चौलागाई सचिव रहने गरी २७ सदस्यीय वडा कमिटि गठन गरेको छ । कमिटिको सदस्यहरुमा सर्मिला बिक, माधव पुडासैनी, सुभद्रा लामिछाने, निरु स्याङ्तान, बिमला न्यौपाने, चन्द्र कुमार सापकोटा, माधव चौँलागाई लगायत चयन भएको नेकपा माओवादी केन्द्र मकवानपुरका सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख कमानसिं पाख्रिन (पृथक) ले बताए ।
भेलामा जिल्ला पार्टी सचिवालय सदस्य तथा गढी गाउँपालिका इन्चर्जा आशा नेपाली, जिल्ला सदस्य चन्द्र यौन्जन, गढी गाउँपालिका अध्यक्ष राजकुमार खड्का, हेटौंडा उपमहानगरपालिका पार्टी कमिटि सचिवालय सदस्य तारा मोक्तान लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*