पहिरोले भिमफेदी कुलेखानी सडकखण्ड अवरुद्ध

हेटौंडा टुडे
११ भाद्र २०७८, शुक्रबार ११:३७

हेटौँडा/ अविरल बर्षाका कारण हेटौंडा हुदै काठमाण्डौं जाने छोटो दुरीको मार्ग भिमफेदी कुलेखानी सडकखण्ड अवरुद्ध बनेको छ । भिमफेदी-६ देउराली नजिक पहिरो जादा सडकखण्ड अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पानी परिरहेकोले पहिरो हटाउन समस्या भईरहेको र पहिरो पन्छाउने तयारी भईरहेको प्रहरीले जनाएको छ । यसैगरि भैसे भीमफेदी सडकखण्डको विभिन्न स्थानमा सडकको माथिबाट लेदो माटो खसेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*