हेटौँडा/ नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणले शनिबार हेटौंडा–९ नम्बर इकाईले वडाका विभिन्न स्थानमा सरसफाई गर्नुको साथै स्थानमा डस्टवीन वितरण गरेको छ । आफ्नो वडालाई सफा र सुन्दर बनाउने उद्देश्यले सरसफाईसँगै डस्टवीन पनि राखिएको बताइएको छ । ९ नम्बर वडामा रहेको कुष्माण्ड सरोवर त्रिवेणीधाममा रहेको घाटमा पनि सरसफाई गरिएको थियो ।
डस्टवीनका लागि कांग्रेस नेता कुमार पौडेल, रंगीतजंग कार्की, गोकुल नेपाल, गजवसिंह लामा, माधव आचार्यलगायतले आर्थिक सहयोग गरेको नेपाल तरुण दल हेटौंडा नगर सचिव सुशील सिग्देलले जानकारी दिए ।
सेयर गर्नुहोस्






















