एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर दुईजनाको मृत्यु

टुडे संवादाता
१४ भाद्र २०७८, सोमबार ११:५१

 धादिङ/गजुरी गाउँपालिका वडा नं ५ बञ्चरे (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर दुईजनाको सोमबार मृत्यु भएको छ ।

अविरल बर्षाको कारणले पहिरोले रुख ढलेर तार छिनेको र बनाउन जाने क्रममा बिद्युत प्राधिकरणको पोलमा भर्याङ राख्दा पोलमा सर्टभएपछि सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताउनुभयो ।

मृत्यु हुनेमा स्याङजा जिल्ला निवासी २७ वर्षिय विमल परियार र पोखरा महानगरपालिका निवासी २४ वर्षिय उमाकान्त बराल रहेका छन्। भने घाईते हुनेमा पोखरा महानगरपालिका निवासी भुवन बराल रहेका छन् । घाईतेको उपचारको लागि काठमाण्डौं पाठाईएको ईलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ।

मृत्यु भएका दुई जनालाई भने गजुरी अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*