हेटौंडा १ नम्बरमा ५ जनालाई कांग्रेसको सम्मान

हेटौंडा टुडे
२०७८ भाद्र १५, मंगलवार ११:४५ गते

हेटौँडा/ नेपाली कांग्रेस हेटौंडा उपमहानगर १ नम्बर वडा समितिले पूर्व वडा सभापतिसहित ५ अग्रज कांग्रेस नेताहरुलाई सम्मान गरेको छ । सोमबार भएको कृयाशील सदस्यको भेलामा सूर्यबहादुर रुम्बा, नानीराम लुइँटेल, सुरेश सिटौला, श्रीप्रभा आचार्य र अक्कलबहादुर देवकोटालाई सम्मान गरिएको हो । कांग्रेसको वडा सभापति हरिकृष्ण महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाको प्रमुख आतिथ्यता रहेको थियो । केन्द्रीय सदस्य डीनाले महाधिवेशनको कार्यक्रम यही १८ गतेबाट सुरु हुने जानकारी दिइन् । उनले कम्युनिष्टलाई दिएको दुईतिहाइबाट जनता आजित भएको उल्लेख गर्दै सुशासन, विकास र सम्बृद्धिका लागी जनता कांग्रेसको भर परेको उल्लेख गर्दै जनताको विश्वास कायम राख्न एकजुट भएर काम गर्नुपर्नेमा जोडि दिइन् । महाधिवेशनबाट जनताको विकाससंग जोड्न सक्ने सक्षम नेतृत्व चयन गर्ने बेला आएको उनको भनाई थियो । संगठनलाई चलायमान बनाउन सोही अनुसारको बुथ प्रतिनिधि चयन गर्नुपर्ने डीनाले अनुरोध गरिन् । कार्यक्रममा कांग्रेस मकवानपुरका कार्यबाहक सभापति बिष्णुप्रसाद लामिछाने, पूर्व सभापति माइकल रामचन्द्र अर्याल, सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, प्रवक्ता प्रदीप कोइराला, संघीय सभापति यतिराज सापकोटा, हेटौंडा उपमाहनगर सभापति आनन्दराम पराजुली, १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, नगर कोषाध्यक्ष कविन सांगामी, तरुण दल अध्यक्ष ईश्वर पाठक, महिला संघ सभापति लक्ष्मी श्रेष्ठ, महिला संघ सदस्य जानकी गिरी, कांग्रेस जिल्ला सदस्य महेन्द्र राउतलगायतले समसामयिक बिषयमा मन्तव्य व्यक्त गरेका थिए । उक्त अवसरमा कृयाशील सदस्यहरुलाई प्रशिक्षक कृष्णप्रसाद दाहालले प्रशिक्षण समेत दिएका थिए । सोही कार्यक्रमकाबीच राप्रपाबाट सुवास तामाङ र ठाकुरदास श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश गरेको तरुण नेता विकेशलाल श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*