
हेटौँडा/ पुस्तकालय अभियान समूह मकवानपुरले आज (मगंलबा) बिहान एकैदिन जिल्लामा ५ वटा पुस्तकालय उदघाटन गर्दै छ । १४ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा पुस्तकालय अभियान समूहले मकवानपुरको हैटौँडा उपमहानगरपालिका १, चौकिटोलमा नवज्योति पुस्तकालय, हेटौँडा १८ मा दोभानचौर सामुदायिक पुस्तकालय, बकैया गाउँपालिका ७ हात्तिचरण सामुदायिक पुस्तकालय, मकवानपुरगढी गाउँपालिका ५, धादिङ्गमा हाम्रो पुस्तकालय र भीमफेदी गाउँपालिका ४ निबुवाटारमा ज्ञानज्योति पुस्तकालय उद्घाटन गर्न लागिएको पुस्तकालय अभियान समुहका सदस्य विनोद दाहालले जानकारी गराँउनुभयो । पुस्तकालय स्थापनाका लागि व्यक्तिगत र संस्थागत सहयोय प्राप्त भईरहेको दाहालको बताए ।
पुस्तकालय अभियान समुहले यसअघि मकवानपुरमा ६ वटा र बारा जिल्लामा एउटा पुस्तकालय उद्घाटन गरिसकेको छ ।


सेयर गर्नुहोस्