बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा

हेटौंडा टुडे
१५ भाद्र २०७८, मंगलवार १६:२३

हेटौँडा/ बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् । कूल १०९ जना सांसद रहेको बागमती प्रदेशमा नेकपा एमालेको मात्रै ५६ जना सांसद थिए । जसमध्ये एमालेका १२ जना सांसदले मंगलवार नेकपा एकिकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् । दल विभाजन भएर नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि प्रदेशसभामा एमाले सांसदको संख्या ४४ मा झरेको छ । प्रदेश सरकार गठनका लागि ५५ जना सांसद आवश्यक पर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*