
हेटौँडा/ बागमती प्रदेशको सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट राजीनामा दिएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बर्खास्त गर्ने डरले यस प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका हुन । एकीकृत समाजवादीका लागि हिजो सनाखत गरेका उनले बुधबार विहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य समक्ष राजीनामा बुझाएका हुन् । मंगलबार उहाँले औपचारिक रुपमा बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा एस पार्टी रोज्दै सनाखत गर्नुभएको थियो । उहाँले भन्नुभयो, मैले अर्कै दल रोजेकाले काम गर्न सजिलो होस् भनेर मन्त्री पदबाट राजीनामा गरेको हुँ ।’ उनी एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत हुन् ।


सेयर गर्नुहोस्